सानेपा, ललितपुर ,पढ़नेकुरा सम्वाददाता
नेपाली कांग्रेस शिक्षा विभागले २०८१ साल माघ ११ गते सातौ अन्तराष्ट्रिय शिक्षा दिवसको अवसरमा “AI and Education Preserving Human Agency in a Word of Automation ” बिषयक वेभिनार कार्यक्रमको आयोजना गर्ने भएको छ।
सर्वसाधारण सबैको लागि खुल्ला प्रवेश गराईएको यो वेभिनारमा शिक्षा नीति तथा शिक्षाको अन्तरास्ट्रिय आयामहरुको बारेमा समेत चर्चा हुने नेपाली कांग्रेस शिक्षा विभाग सदस्य श्री तारामान रावलले पढ़नेकुरालाई बताउनु भएको छ।
कार्यक्रममा लामो समय देखि सुचना प्रविधिको क्षेत्रमा काम गरिरहेका पेशागत तथा प्राज्ञिक समुहहरुको बिषयगत प्रस्तुति रहनेछ। देशको आर्थिक तथा राजनैतिक मात्र नभई शिक्षाको समसामयिक बिषयवस्तुलाई समेटि राजनैतिक दलहरुबाट यस्ता कार्यक्रम बन्नु शैक्षिक जगतको लागि सुखद कुरा रहेको नेता प्रकाश शर्मा बताउछन्।
कार्यक्रमको मुख्य बिषय भने “AI and Education Preserving Human Agency in a Word of Automation ” रहेको छ।
कार्यक्रममा सहभागी हुनको लागि देहाय बमोजिमको लिंक फलो गर्नु पर्नेछ।
Global Webinar on the 7th International Day of Education
Theme: “AI and Education: Preserving Human Agency in a World of Automation”
Join Zoom Meeting
https://zoom.us/j/93073735181?pwd=X0Eix7N0DasbZ29HhwONKb4Eq8vdTm.1
Chief Guest : Rt. Hon. Sher Bahadur Deuba
Former PM & President of Nepali Congress
Program Highlights:
• Education Policy Discourse Initiative
• Global Dimensions of Education Discussion
Date & Time: January 24, 2025 (Magh 11, 2081) | 06:00 PM (GMT+5:45)
Meeting ID: 930 7373 5181
Passcode: 12345
Organizer: Nepali Congress Education Department