लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा प्यूठान जिल्लामा निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा प्यूठान र रोल्पा जिल्लामा रहेका क्याम्पसहरु बीच क्याम्पस स्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको हो ।
‘लुम्बिनी प्रदेश समृद्धिको आधार’ विषयमा सम्पन्न गरिएको प्रतियोगितामा गौमुखी क्याम्पस मच्छीमा अध्यनरत छात्रा रविना वि.क.ले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ । यस्तै प्यूठान क्याम्पसका छात्रा शारदा घर्ती द्धितिय र तृतिय स्थान सोही क्याम्पसका छात्र प्रमोद वलीले हासिल गर्न सफल हुनु भएको छ । प्रतियोगितामा जलजला क्याम्पस रोल्पाका छात्र रविन्द्र वि.क.ले सान्तवना स्थान हासिल गर्नु भएको छ । प्रतियोगितामा विजयीलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्यूठान र रोल्पा जिल्लाका ५ क्याम्पसवाट जम्मा दश जनाको प्रतियोगितामा सहभागीता रहेको थियो । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीको विभिन्न विधाहरुमा क्षमता वृद्धि र लेखनशैलि अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको डिभिजन प्रमुख पुन्य प्रसाद न्यौपानेले बताउनुभयो ।
कार्यक्रम साहित्य परिषद प्यूठानको समन्वयमा झिमरुक क्याम्पस वाग्दुला प्यूठानमा गरिएको थियो ।
News Source: Jhimrukpost