“सरसफाई अभियानमा जुट्दै टिकुरी समुदाय”

प्युठान नगरपालिका, माघ २६, २०८१
प्युठान नगरपालिका वडा न. ७ मा पर्ने बिजुवार- बाग्दुला सडक खण्ड र टिकुरि बसपार्क जोड्ने सडक खण्डको समुदाय स्तरबाट सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिका भित्र बढ्दै गैरहेको जनसंख्या वृद्धि र आन्तरिक बसाई सराईको कारण यहाँ भित्रको वातावरण बढि प्रदुषित हुन थाले पछि टिकुरी समुदायको सक्रियतामा “सरसफाई अभियान” सुरु भएको हो।प्युठान नगरपालिकाले नगरपालिका क्षेत्र भित्र दैनिक फोहर उठाउने भएतापनि पैदल यात्रु, लोकल बासिन्दा र सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुले जथाभावी फोहर मिल्काईदिदा मोटरबाटो फोहर हुने गरेको पाईएको छ।आयोजकले सरसफाईको क्रममा प्लास्टिक तथा सिसा जन्य बस्तु अत्याधिक मात्रामा फेला परेको पढ़नेकुरालाई जानकारी गराएको छ।


सरसफाई कार्यक्रममा स्थानीय महिला समुह ,क्लबमा आवद्द सदस्यहरु , जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि , विधालयका शिक्षक शिक्षिकाहरु, नगरपालिका प्रतिनिधि लगायत ३०० भन्दा बढि स्थानियहरुको उच्च सहभागीता रहेको थियो।
सरसफाई अभियान जन ज्योति सामुदायिक विकास केन्द्र र टिकुरी समुदायको समन्वयमा संचालन भएको हो।