पोखरामा “दिगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासमा उच्च शिक्षाको भूमिका” विषयक अन्तर्राष्ट्रिय  सम्मेलन हुने

पोखरा-१४, काजीपोखरी

पोखरा स्थित कालिका बहुमुखी क्याम्पसले आगामी २९-३० मार्च २०२५ मा “दिगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासमा उच्च शिक्षाको भूमिका” विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलन ओटीएस एकेडेमी, अक्सफोर्ड, युकेको सहआयोजनामा, विश्वविद्यालय अनुदान आयोग नेपाल र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय संगको सहकार्यमा हुने प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनको मुख्य उद्देश्य पर्यटन क्षेत्रको दिगोपन, नविन सोच र आर्थिक विकासमा उच्च शिक्षाको भूमिका लगायतका विविध पक्षहरूबारे प्रस्तुतीकरण र गहन छलफल गर्ने तथा पर्यटन नीति निर्माण, अनुसन्धान, शिक्षा र व्यवस्थापनका क्षेत्रमा नवीनतम अभ्यासहरू प्रस्तुत रहने क्याम्पसले अवगत गराएको छ।