सानेपा, ललितपुर
पढ़नेकुरा समाचारदाता
संसदमा विचाराधीन रहेको “विद्यालय शिक्षा विधेयक” लाई टुंगोमा पुऱ्याउन नेपाली कांग्रेस शिक्षा विभागले शिक्षा नीति बहस कार्यक्रम अन्तर्गत “विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार” विषयक विमर्श कार्यक्रमको आयोजना गर्ने भएको छ।
शिक्षा विधेयकमा रहेका जटिलताहरूलाई फुकाउन विज्ञहरुको राय र सुझावहरु समेत संकलन गर्ने सन्दर्भमा नेपाली कांग्रेस शिक्षा विभागले विमर्श कार्यक्रमको आयोजना गर्न लागिएको ने.का. शिक्षा विभाग सदस्य श्री तारामान रावलले पढ्नेकुरालाई जानकारी गराउनु भयो ।
शिक्षासँग सम्बन्धित विभिन्न विधेयक, नीति तथा कार्यक्रमहरूमा पर्याप्त विचार-विमर्श गरी तिनीहरूलाई उत्कृष्ट स्वरूप दिन नेपाली कांग्रेसको विमर्श कार्यक्रम चैत्र १३ गते वुधवार २०८१ बिहान १०:०० बजे, बुढानिलकण्ठ गल्फुटार चोकमा रहेको ताज प्यालेसमा संम्पन्न हुने आयोजकले जानकारी गराएको छ।

कार्यक्रममा सबैलाई खुल्ला आमन्त्रण गरिएको छ।







