जेष्ठ ५ ,२०८२
फ़ोर्टिनाईं मल्टि टेक्निकल कलेज प्युठानका विद्यार्थीहरुले स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयको अवलोकन भ्रमण गरेका छन्।
कलेजमा HA दोश्रो बर्षमा अध्ययनरत विद्यार्थी हरुले भ्रमणका क्रममा जिल्ला स्वास्थ्य कार्यालय प्युठानले दिदै आईरहेको सेवा र स्टोर संचालनको बिषयमा जानकारी लिएका थिए । अवलोकनकर्ताहरुलाई स्वास्थ्य कार्यालय प्रमुख मधुसुजन खड्काले स्वास्थ्यकार्यालय बाट दिईने सेवा सुबिधाका बारेमा बताउदै विद्यार्थीहरु संग अन्तरक्रिया समेत गर्नु भएको थियो।


मेडिकल शिक्षालाई जिल्लामा २०६० साल देखि स्थापित गर्दै आएको फ़ोर्टिनाईं मल्टि टेक्निकल कलेज प्युठानले आफ्ना सबै कार्यक्रमहरुमा सैद्धान्तिक र प्रयोगात्मक शिक्षालाई संगै जोडेर अझ बढी प्रभावकारी ढंगले लिएर जान लागेको क्याम्पस प्रमुख जगत जी. सी ले पढ्नेकुरा डटकम लाई बताउनु भएको छ।

हाल यस कलेजमा HA, Lab Technician सम्बन्धि ३ बर्षे कोर्ष पढाई हुने गर्दछन्।






