बैशाख २१ ,चितवन मेडिकल कलेज
बैशाख १८ गते देखि २० गते सम्म चितवनमा सम्पन्न दोश्रो अन्तरास्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनमा प्युठान नगरपालिकाका विधालयमा मानसिक स्वास्थ्यका विषयमा भए गरेका कार्यको प्रस्तुतिकरण गरिएको छ ।
सामुदायिक मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आईरहेका देशभरका केहि उत्कृष्ट संघ संस्था ,विधालय , युनिभर्सिटि लाई अन्तरास्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने अवसर दिईएकोमा यस पटक जिल्ला अस्पताल प्युठान र पढ़नेकुरा संचार नेटवर्कले संयुक्त रुपमा अवसर पाएको हो।

अन्तरास्ट्रिय सम्मेलनमा प्युठान जिल्लाको प्रतिनिधित्व गर्दै प्युठान जिल्ला अस्पतालबाट डा. प्रिया श्रेष्ठ, नर्सिङ्ग अफिसर सुरक्षा के. सी र पढ़नेकुरा संचार नेटवर्क बाट यादव कुमार पण्डितले गत बर्ष २०८१ मा करिव ३ महिनाको अवधिभर आफ्नो समुहले प्युठान नगरपालिकाका निजि तथा सामुदायिक बिधालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि काम गर्दा कार्यक्रमले पारेको प्रभाव र यसको महत्वका बिषयमा डा. प्रिया श्रेष्ठ मार्फत कार्य पत्र प्रस्तुत गरेको थियो।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सहकार्यमा नेपाल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ, हेल्थ फाउण्डेसन नेपाल, युएस, चितवन मेडिकल कलेज मेन्टलहेल्थ डिपार्टमेन्ट लगायत १८ बटा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाको संयुक्त आयोजनामा सो सम्मेलनको आयोजना गरिएको थियो ।

सम्मेलनमा हार्वर्ड मेडिकल स्कुल, युनिभर्शिटि अफ ओस्लो नर्वेको समेत प्रस्तुतीकरण रहेको थियो। त्यस्तै उक्त सम्मेलनमा जिल्ला अस्पताल प्युठानका मनोचिकित्सक डा. आभाष योगीको पनि ग्रामिण क्षेत्रको मानसिक स्वास्थ्य अवस्थाको बिषयमा प्रस्तुतीकरण रह्यो। डा. श्रेष्ठ ले लुम्बिनी प्रदेशको मानसिक स्वास्थ्य अवस्थाको बिषयमा समेत प्यानलिस्टमा बसी आफ्नो अध्ययन सहितको धारणा राख्नु भएको थियो।

हाल प्युठान जिल्लामा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न प्युठान नगरपालिका ,प्यु न पा वार्ड न ७ , गौमुखी गाउँपालिका, जन ज्योति सामुदायिक विकास केन्द्र ,क्षेत्र विकास मा. बि , कालिका अंग्रेजी माध्यमिक विधालय ,इभरग्रीन स्कुल , लर्निङ्ग लेभन बोर्डिंग स्कुल ,जनता माध्यमिक विधालय बाग्दुला आदि लगायतका दर्जनौ विधालयहरुको सक्रियता बढ्दो छ।
सम्मेलनको उद्घाटन भरतपुर उपमहानगरपालिका कि मेयर रेणु दाहालले गर्नु भएको थियो।।







