एसईई नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण 

काठमाडौं : 

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो । 

२०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थी मध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्।त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउने ८ जना रहेका छन्। त्यस्तै १२६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

नतिजा हेर्ने तरिका
विद्यार्थीहरूले आफ्नो नतिजा विभिन्न ११ संस्थाले उपलब्ध गराएको वेबसाइट, एसएमएस र आईभीआर सेवा मार्फत सजिलै हेर्न सक्नेछन्। नतिजा राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र एसईईको वेबसाइट (www.see.gov.np) ,see.edusanjal.com मा समेत उपलब्ध छ। विद्यार्थीहरूले नेपाल टेलिकम, एसईई तथा राष्ट्रिय परीक्षा बोर्डको कार्यालयको वेबसाइटमा गई आफ्नो प्रवेशपत्र नम्बर (symbol number) र जन्ममिति हालेर ग्रेडसिट डाउनलोड गर्न सक्नेछन्।

एसईई ग्रेडिङ प्रणाली (Letter Grading System) 

SNप्रतिशत (%)ग्रेडविवरणग्रेड प्वाइन्ट
९० देखि १००A+उत्कृष्ट४.०
८० देखि ८९.९९Aअति राम्रो३.६
७० देखि ७९.९९B+धेरै राम्रो३.२
६० देखि ६९.९९Bराम्रो२.८
५० देखि ५९.९९C+सन्तोषजनक२.४
४० देखि ४९.९९Cस्वीकार्य२.०
३५ देखि माथिDआधारभूत१.६
३५ भन्दा कमNGअङ्क नलागेकोवर्गीकरण नभएको