तारकेश्वर नगरपालिका “चौथो मेयर रनिङ्ग शिल्ड” बिधालय स्तरीय चेस प्रतियोगिता मंसिर १८ गते हुने

काठमाडौँ जिल्ला , तारकेश्वर नगरपालिकाको चौथो मेयर रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत विधालय स्तरीय चेस प्रतियोगिता मंसिर १८ गते संचालन हुने भएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने तारकेश्वर नगरपालिका मातहातका सामुदायिक र संस्थागत विद्यालयका १८ वर्ष ननाघेका विद्यार्थीहरुले १ जना छात्रा र १ जना छात्रको रुपमा सहभागिता जनाउन सक्नेछन्।

चेस प्रतियोगिताको संयोजकको रुपमा मनमैजु मा.वि कि प्रध्यानाध्यापक रविना महर्जन ,सह संयोजकको रुपमा विष्णु कुमारी महर्जन र सदस्यको रुपमा डेनियल पौडेल रहनु भएको छ।
कार्यक्रम सम्बन्धि थप जानकारी को लागि नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।