LRI EXPO मा विद्यार्थीको बढ्दो आकर्षण

पौष ६ , काठमाडौँ

एल.आर. आई स्कुलले नवप्रवर्तनको भावना विकास गर्ने उद्देश्यले आयोजना गरेको छैठौं विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी सफलताका साथ सम्पन्न भएको छ।

विधालय परिसरमा आईतवार सम्पन्न भएको उक्त शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरुले तयार गरेका हाइड्रो पावर, स्मार्ट स्ट्रिट लाईट, भ्वाईस कट्रोल एआई रोबोट, सफा टेम्पो, ड्रोन, फायर फाइटर, मेडिसिन रिमाइण्डर, डिएनए मोडल, एआई दुर्घटना नियन्त्रण प्रणाली, जनचेतनामा आधारित वातावरण र सामाजिक परियोजनाहरु, कम्प्युटर गेम तथा अर्थतन्त्र सम्बन्धि विभिन्न जानकारी मुलक परियोजना लगायतका रचनात्मक सामाग्रीहरु प्रदर्शन गरिएको थियो ।

सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता जस्ता क्षेत्रमा भएको दिनानुदिन प्रगतिले जीवनशैली नै परिवर्तन गराईरहेको अहिलेको सन्दर्भमा विधालयमा गरिने यस्ता किसिमका खुल्ला शैक्षिक प्रदर्शनीहरुले विभिन्न विधालयका विद्यार्थीहरु माझ सिकाई आदान प्रदान गर्न सहयोग पुर्याएको एल आर आई स्कुल कक्षा १२ का प्रमुख पुस्कर नाथ फुलाराले पढ़नेकुरा संचारलाई बताउनु भएको छ ।

प्रदर्शनी अवलोकनकर्ता महामञ्जुश्री विद्यालय सितापाइलाका छात्रा प्रतिक्षा सुनारले प्रदर्शनीका सामाग्रीहरु निकै नै रोचक तथा युग सुहाउदो रहको बताउँदै प्रदर्शनी अबलोकन पश्चात अवसर पाए समूहमा आबद्ध भई आफूले समेत केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको एवंम प्रेरणा पाएको बताउनुभयो ।

एलआर आईले विगत लामो समयदेखि आयोजना गर्दै आएको विज्ञान तथा सुचना प्रविधिको प्रदर्शनी विद्यार्थीहरुका लागि निकै नै ज्ञानबर्धक रहेको रिड मोडेल स्कुलका शिक्षक दिपेश झाको अनुभव रहेको छ । उहाँंले यस पटकको प्रदर्शनीमा एआई लगायतका अत्याधुनिक प्रविधिहरुको अबलोकनवाट विद्यार्थीहरु निकै उत्साहित भएको बताउनु भयो ।

विभिन्न विधाका ३५ वटा स्टल रहेको सो प्रदर्शनीको २० वटा भन्दा बढी विद्यालयका विद्यार्थीहरुले निकै अभिरुचिका साथ अबलोकन गरेका थिए । प्रदर्शनीमा २००० भन्दा बढी अवलोकनकर्ताको उपस्थित रहेको थियो।

विज्ञान तथा सुचना प्रविधिको क्षेत्रमा एल आर आई स्कुलले बर्षेनी धरै मेहेनत गर्दै आईरहेको छ। कक्षा ११ र १२ मा विज्ञान ,व्यवस्थापन तथा कानुन विषय अध्यापन गराईने स्कुल गत बर्ष आईसीटी अवार्डबाट समेत सम्मानित भएको थियो।