पुतलीसडक ,काठमाडौँ
पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपालकै अग्रणी आईटी, इञ्जिनियरिङ् तथा व्यवस्थापन कलेज
कान्तिपुर सिटी कलेज (KCC), ले यस वर्षको प्रतिष्ठित कार्यक्रम KCC Exhibit 2025 आगामी साउन १६ र १७ गते सफलताका साथ् सम्पन्न गरेको छ ।
“Innovate, Exhibit, Inspire” भन्ने मूल नारासहित सम्पन्न भएको २ दिने कार्यक्रममा विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्र बीचको सहकार्यलाई बढावा दिईएको थियो।
प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी-नेतृत्वमा आधारित परियोजनाहरू प्रदर्शन गरिए। जसमा कृत्रिम बुद्धिमत्ता (AI), इन्टरनेट अफ थिङ्स (IoT), सफ्टवेयर एप्लिकेसनहरू, वेब/मोबाइल एप्स, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडलहरू, ट्राफिक व्यवस्थापन, भूकम्प प्रतिरोधी संरचनाहरू आदि समावेश भएका थिए । त्यस्तै, BBA विद्यार्थीहरूद्वारा ५+ खाना स्टलहरूमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिएको थियो ।

प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम र प्रत्यक्ष प्रस्तुतीहरू पनि समावेश भए जसमा चर्चित गायिका एञ्जिला रेग्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे)को प्रस्तुति, तथा विद्यार्थीहरूद्वारा प्रस्तुत लाइभ म्युजिक आदि रहेका थिए ।
उद्घाटन समारोह
“KCC Exhibit 2025” को उद्घाटन समारोह साउन १६ गते (August 1, 2025) बिहान ९:०० बजे काठमान्डौ पुतलीसडकमा अवस्थित कान्तिपुर सिटि कलेज,परिसरमा भएको थियो । कार्यक्रमको अध्यक्षता कान्तिपुर सिटी कलेजका अध्यक्ष श्री सुमन कटवालले गर्नु भएको थियो भने सूचना तथा सञ्चार प्रविधि माननीय मन्त्री श्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा १०,००० भन्दा बढी अवलोकनकर्ताहरूको सहभागिता रहेको आयोजकको भनाई छ , जसमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विशेषज्ञ, सञ्चारकर्मी र सर्वसाधारण सहभागी थिए । यो प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मंच प्रदान गर्नुका साथै शैक्षिक क्षेत्रमा प्रबर्दन. र उद्यमशीलताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ।







