काठमाडौं।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा बल्खुले चार वर्षे स्नातक तहको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयमा २०८२ सालका लागि नयाँ विद्यार्थी भर्ना सम्बन्धी आवेदन फारम भर्ने, स्थान तथा प्रवेश परीक्षा तालिका र परीक्षा समय सम्बन्धी महत्वपूर्ण सूचना प्रकाशित गरेको छ।
सूचना अनुसार, भर्ना प्रक्रिया पूर्ण रुपमा अनलाइन माध्यमबाट सञ्चालन हुने छ। इच्छुक विद्यार्थीहरूले तोकिएको म्यादभित्र आवेदन फारम अनिवार्य रुपमा भर्नुपर्नेछ।

महत्वपूर्ण मिति र विवरण:
नियमित दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति: २०८२ साल भाद्र १८ गतेसम्म।
दोब्बर दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति: २०८२ साल भाद्र १९ गतेदेखि २०८२ साल भाद्र २४ गतेसम्म।
प्रवेश परीक्षा मिति: २०८२ साल भाद्र २८ गते शनिबार।
प्रवेश परीक्षा समय: बिहान ८:०० बजे देखि १०:०० बजे सम्म।
प्रवेश परीक्षा केन्द्र: पछि प्रकाशन गरिनेछ।
थप जानकारीका लागि www.iost.tu.edu.np
हेर्न सकिनेछ।






