भारतीय प्रधानमन्त्री मोदीले दिए रवि लामिछाने र बालेन शाहलाई बधाई

छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हाल सम्पन्न निर्वाचनका क्रममा अध्याधिक बहुमत सहित विजय हुनु भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछाने र रा. स्व. पा का बरिष्ट नेता बालेन्द्र शाह संग टेलिफोन वार्ता गरि बधाई ज्ञापन गर्नु भएको छ।
उक्त संदेश मोदीले आफ्नो “X” एकाउण्ट बाट पनि जानकारी गराउनु भएको छ।


शुभकामनामा मोदीले दुई देशको पारस्परिक सम्बन्धलाई थप नया उचाईमा लैजाने कुरामा आफु प्रतिबद्द रहेको जानकारी दिनु भएको छ।

मोदी बाट प्राप्त शुभकामनालाई रा. स्व. पा का सभापती रवि लामिछानेले स्वागत गर्दै Rastriya Swatantra Party (RSP) तथा यस बाट बन्ने सरकार पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध रहने र यस क्रममा RSP ले ‘विकास कूटनीति’लाई प्राथमिकता दिने बताउनु भएको छ।
साथै सडक तथा अन्य पूर्वाधार जडान, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्दै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने आफ्नो अपेक्षा रहेको जसबाट दुवै देशका नागरिकका लागि समृद्ध भविष्य सुनिश्चित हुनेछ। भनिएको छ।