श्री क्षेत्र विकास माध्यमिक विधालय द्वारा एसईइ १५ औ ब्याजका विद्यार्थीहरूलाई बिदाई

चैत्र २ ,प्युठान

प्युठान नगरपालिका–७, पुन्यखोलामा अवस्थित श्री क्षेत्र विकास माध्यमिक विद्यालयले एसईइ १५औँ ब्याचका विद्यार्थीहरूलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयले एसईई परीक्षामा राम्रो नतिजा ल्याउने लक्ष्यसहित अतिरिक्त कक्षाहरू सञ्चालन गर्दै आएको र विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै “फेरि भेटौँला” कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक पिताम्बर खड्काले जानकारी दिनु भएको छ ।

विद्यालयले हाल कक्षा ८ सम्म नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्यापन गराउँदै आएको छ। साथै, शैक्षिक सत्र २०८३ देखि कक्षा ९ र २०८४ देखि कक्षा १० समेत अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरिने विद्यालय प्रशासनले जनाएको छ।

यस वर्षको एसईई परीक्षामा क्षेत्र विकास माध्यमिक विद्यालयबाट १७ छात्रा र १५ छात्र गरी जम्मा ३२ जना विद्यार्थी सहभागी हुँदैछन्।