राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच स्वास्थ्य सेवा सम्झौता पत्रमा हस्ताक्षर

बैशाख ३ ,दाङ

दाङ — घोराही–१६ स्थित राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।
सम्झौताअनुसार विद्यार्थी, शिक्षक, कर्मचारीले आइडी कार्डका आधारमा र अभिभावकले विद्यालयको सिफारिसमा अस्पतालबाट सहुलियत सेवा पाउनेछन्।
राप्ती मोडर्न एकेडेमीमा आयोजित कार्यक्रममा विद्यालयका निर्देशक डा. भीमसेन गिरी र अस्पतालका सिइओ किशोर कुमार आचार्य ले एकेडेमीका विद्यार्थी तथा अभिभावकहरुलाई सहुलियत दरमा सहज स्वास्थ्य सेवा सुबिधा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

साथै विद्यालय व्यवस्थापन प्रमुख रेशम गिरी ले दुवै संस्थाहरुको यो परोपकारी कदमले विद्यालय समुदायलाई स्वास्थ्य सेवामा लाभान्वित गराउने विश्वास व्यक्त गर्नु भएको छ।