बाग्दुला एस. एल. सी ब्याज २०५८ को बार्षिक भेला हुदै

संगै एस.एल.सी दिएको २५ वर्ष पूरा भएको अवसरमा जनता माध्यमिक विद्यालय, बाग्दुला (प्युठान) का २०५८ सालका ब्याचमेटहरू रजत जयन्ती मनाउने तयारीमा जुटेका छन्।

माओवादी जनयुद्धका कारण त्यस समय निजी विद्यालयहरू पूर्ण रूपमा बन्द हुँदा ठूलो संख्यामा विद्यार्थीहरू यस विद्यालयमा आबद्ध भएका थिए। सोही विद्यार्थी समूहले आफ्नो एस.एल.सी दिएको २५ औं वर्षलाई विशेष उत्साहका साथ मनाउने योजना बनाएको हो।

यस समूहले हरेक वर्ष नियमित रूपमा भेटघाट गर्दै एकअर्काको सुख-दुःख साटासाट गर्दै आएको छ। वार्षिक रूपमा आयोजना हुने यस्ता कार्यक्रमहरूमा देश तथा विदेशमा रहेका साथीहरूलाई समेट्ने, सामाजिक सञ्जाल विस्तार गर्ने र सामाजिक उत्तरदायित्व वहन गर्ने गतिविधिहरू समावेश गरिन्छ।

यसै क्रममा, पुराना साथीहरूसँगको पुनर्मिलनले नयाँ ऊर्जा र ताजगी दिने, साथै शहरको व्यस्त जीवनबाट केही समय टाढा रहेर घुमफिर गर्दा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताउँदै यस कार्यक्रममा सहभागी हुँदै आएकी छात्रा मनु केसीले आफ्नो अनुभव साझा गरेकी छन्।

त्यस्तै, प्रायः पुनर्मिलन कार्यक्रमको संयोजकको भूमिका निर्वाह गर्दै आउनु भएका तथा हाल नेपाल टेलिकम, बुढानिलकण्ठमा कार्यरत इञ्जिनियर सन्तोष शर्माका अनुसार, यस्तो भेटघाट केवल रमाइलोमा सीमित नभई जीवन जिउने कला सिक्ने माध्यमका रूपमा विकसित हुँदै गएको छ।

रजत जयन्ती महोत्सवमा सहभागी हुन इच्छुक सम्बन्धित विद्यार्थीहरूले तल उल्लेखित नम्बरमा सम्पर्क गर्न सक्नेछन्:

📞 ९८५११८६०९६
बाग्दुला ,प्युठान