के.एम. सी कलेजमा पुर्व मिस नेपाल सदिक्षा

बागबजार ,काठमाडौँ
त्रिभुवन विश्वविधालयको सम्वन्धनमा स्नातक र स्नाकोत्तर तह अध्यापन गराउदै आईरहेको काठमाडौँ मोडल कलेज बागबजारले वीवीए र विविएम तेश्रो सेमेस्टर का विद्यार्थीहरुको लागि भाषण कला सम्बन्धि तालिम सफलताका साथ सम्पन्न गरेको छ।


मङ्सिर १४ र १६ गते दुई दिन सम्पन्न उक्त तालिममा विध्यार्थीहरुलाई वाक् कला, नेतृत्व कला तथा भाषणकला सम्बन्धि प्रशिक्षण दिलाईएको क्याम्पस स्रोतले बताएको छ ।

कार्यक्रममा सहभागी वीवीए र विविएम तेश्रो सेमेस्टरका विद्यार्थीहरुले आफु भित्र निहित प्रतिभालाई समुहमा प्रस्फुटन गरेका थिए। प्रशिक्षण प्रशिक्षक तथा पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले दिनु भएको थियो ।