कालिका मा वि कि छात्रा सुहाना द्वितीय स्थान हासिल गर्न सफल

बिजुवार, प्युठान

सरस्वती पूजा तथा पुस्तक दिवस २०८१ को अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ,जिल्ला शाखा प्युठान द्वारा आयोजित“ विज्ञान तथा प्रविधिको युगमा पाठ्यपुस्तकको महत्व” विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा कालिका आवासिय अंग्रेजी माध्यमिक विधालयकि छात्रा सुहाना सुबेदी द्वितीय स्थान हासिल गर्न सफल भएकी छिन्।

यसै अवसरमा विधालय परिवारले समेत उनलाई बधाई ज्ञापन दिनुको साथै उज्ज्वल भविष्यको समेत शुभकामना व्यक्त गरेको छ।