वैशाख ६ र ७ गते देशैभर भिटामिन ‘A’ र जुकाको औषधी खुवाईने

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते ( शनिवार र आइतवार), देशैभर भिटामिन ‘ए’ क्याप्सुल सँगै जुकाको औषधी खुवाउने कार्यक्रम संचालन हुने भएको छ। नेपाल सरकार ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,रास्ट्रीय स्वास्थ्य शिक्षा तथा संचार केन्द्रले सुचना जारी गर्दै

  • ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन
  • १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी र
  • १५ महिनासम्म लगाउनु पर्ने कुनै नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई ‘नजिकैको स्वास्थ्य संस्थामा ‘ छुटेको खोप लगाउँन आग्रह समेत गरेको छ।
    थप जानकारीको लागि नजिकको स्वास्थ्य सेवा केन्द्र ,वार्ड कार्यालय वा जिल्ला अस्पतालमा सम्पर्क गर्नु होला।