दाङ्ग जिल्लाब्यापी हाजिरी जवाफ प्रतियोगिताको पाँचौ संस्करण मंसिर १२ गते हुने

घोराही, दाङ्ग
राप्ती इञ्जिनियरिङ कलेजको आयोजना सम्पन्न हुन लागेको कक्षा १२ ( +2 Science / Management ) स्तरीय दाङ जिल्ला ब्यापी हाजिरी जवाफ प्रतियोगिताको पाँचौ संस्करण आगामी मंसिर १२ गते सम्पन्न हुने भएको छ।
विध्यार्थीहरुको एकेडेमी क्षमताको विकास गराई उनीहरुलाई ग्लोबल मार्केटमा प्रतिस्पर्धी बनाई राख्नको निमित्त कलेजले हरेक बर्ष जिल्ला ब्यापी हाजिरी जवाफको संस्करण चलाईरहेको राप्ति इञ्जिनियरिङ्ग क्याम्पस प्रमुख रेशम गिरिले पढ़नेकुरालाई बताउनु भएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने विधालयहरुले अनिवार्य एक छात्रा सहित समुहमा ५ जना विद्यार्थीहरु सहभागी गराउन सक्नुहुनेछ। विस्तृत जानकारीको लागि कलेजमा सम्पर्क गर्न सकिनेछ।

कलेज संग सम्बन्धित थप जानकारी

पोखरा विश्वविधालयको सम्वन्धनमा स्नातक तहमा इञ्जिनियरिङ्ग ,व्यवस्थापन र विज्ञान तथा प्रविधि संकायका विषयहरु अध्यापन गराउदै आईरहेको राप्ति इञ्जिनियरिङ्ग कलेज घोराही दाङ्गमा BE Civil, BE Computer, BE Information and Communication, BBA,BCA बिषयहरु पढाई हुने गर्दछ।