कान्तिपुर भ्याली कलेजका विद्यार्थीहरु सम्मानित


ललितपुर,
कान्तिपुर भ्याली कलेज (केभीसी) ले स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका आफ्ना विद्यार्थीहरूलाई शुक्रबार एक विशेष समारोह मार्फत सम्मान गरेको छ।

ग्वार्कोस्थित होटल ट्युलिपमा आयोजित “विद्यार्थी सम्मान कार्यक्रम–२०२५” को उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयकी उप–परीक्षा नियन्त्रक डा. मेनुका श्रेष्ठले पानसमा बत्ती बालेर गर्नुभयो।

समारोहमा सहभागी सम्पूर्ण विद्यार्थी अभिभावक,केभिसी पुर्वाञ्चल गोल्ड मेडलिस्ट विद्यार्थीहरु तथा प्राज्ञिक क्षेत्रका पाहुनाहरुलाई कान्तिपुर भ्याली कलेजका प्रिन्सिपल डा. अभिनास श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

कलेज चेयर पर्सन डा. पुष्पमान अमात्यको अध्यक्षतामा सम्पन्न भएको विद्यार्थीहरुको संम्मान कार्यक्रममा आमन्त्रित हरुलाई सम्बोधन गर्दै केभिसी भाईस चेयर पर्सन जितेन्द्रमान अमात्यले अभिभावकको विश्वास र विद्यार्थीको मेहनतले केभीसीलाई निरन्तर उत्कृष्ट नतिजा दिन प्रेरित गरेको बताउनुभयो।

मुख्य अतिथि डा. मेनुका श्रेष्ठले देशमै पर्याप्त अवसर रहेको र “देश छोडे मात्र सब ठीक हुन्छ” भन्ने धारणा गलत भएको उल्लेख गर्दै केभीसीको शैक्षिक योगदानको प्रशंसा गर्नुभयो। उहाँले विश्वविद्यालयका कार्यक्रमहरूलाई समयानुकूल अझ टिकाउ र प्रभावकारी बनाउन सिङ्गो विश्वविधालय प्रतिबद्ध रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रमलाई ललितपुर महानगरपालिका वार्ड न १९ का वार्ड अध्यक्ष राजेन्द्र महर्जन , कलेज चेयर पर्सन डा पुष्पमान अमात्य , कलेज डिरेक्टर सुभ राजभण्डारी अमात्य , नेपाल अग्रो बायो टेक रिसर्ज सेन्टर का हरि कृष्ण सैजु, कलेज सल्लाहकार ,डा सामुइल बरन साह , केभिसी विज्ञान तथा प्रविधि विभाग प्रमुख सागर थापा आदिले सम्बोधन गर्नु भएको थियो।

साङ्गेतिक उत्साह र उमंगले समेत भरिएको कार्यक्रममा सम्मानित हुने विद्यार्थीहरुले आफ्ना कलेजका रमाईला दिनहरु र पढाईको फरक- फरक अनुभव पनि साटेका थिए। विद्यार्थीहरूको सफलताको उत्सवले गर्व, खुशी र प्रेरणाले भरिएको यो समारोह KVC को इतिहासमै स्मरणीय र भव्य भएको बताइएको छ।
आफ्नो अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसक्नु भएका ललितपुर महानगरपालिका नगर प्रमुख चिरी बाबु महर्जनले सम्मानित हुने बिद्यार्थीहरु तथा कलेज परिवारलाई बधाई तथा शुभकामना संदेश समेत पठाउनु भएको थियो।

सन् २००२ सालमा पुर्वाञ्चल विश्वविधालयलको सम्वन्धनमा क्याम्पसले प्लस टु मा होटल म्यानेजमेन्ट, B Tech in Biotechnology, BBA,MBA र EMBA कार्यक्रमहरु चलाउदै आईरहेको छ।
यस कलेजबाट हाल सम्म एमबिए कार्यक्रममा करिव १,२०० बिबिए कार्यक्रममा १,५०० ब्यायो टेक ४,०० गरि करिव ३००० भन्दा बढि विद्यार्थी दीक्षितभै सकेका छन्।

कान्तिपुर भ्याली कलेज द्वारा आयोजित “विद्यार्थी सम्मान कार्यक्रम”को कार्यक्रम संचालन केभिसीका बिद्यार्थीहरु गुराँस ,श्रेया र सुमितको समुहले गरेको थियो।

🏅 स्वर्ण पदक र विशेष सम्मान
KVC का विद्यार्थीहरूले अहिलेसम्म पुर्वाञ्चल विश्वविधालय बाट १२ वटा स्वर्ण पदक प्राप्त गरेको बताईएको छ । यस वर्ष समारोहमा उपस्थित २ जना स्वर्ण पदक विजेतालाई “Pride of KVC” उपाधि प्रदान गरिएको थियो ।
समारोहमा विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता, उद्यमशीलता र सामुदायिक भावना प्रदर्शन गर्ने विशेष पुरस्कार पनि प्रदान गरिएको थियो ।