अनामनगर ,काठमाडौँ
त्रि. वि शिक्षा संकायमा एसोसियट प्रोफेसरको रुपमा कार्यरत तथा एल आर आई स्कुलकी ट्रस्टि आदरणीय यसोधरा पन्त (जोशी ) द्वारा लिखित पुस्तक “Efficacy of Female Head Teachers in Nepal : A Reality Check” नेपालमा महिला प्रधानाध्यापकहरूको कार्यक्षमताः यथार्थ मूल्यांकन नामक पुस्तक बजारमा आईपुगेको छ।
उहाँ भन्नु हुन्छ:
“मेरो अनुसन्धान यात्रा एक साधारण प्रश्नबाट सुरु भयो: विभिन्न संस्कृतिहरूमा महिला नेतृत्वलाई कसरी सफल बनाउन सकिन्छ?
विकासोन्मुख राष्ट्रका ग्रामीण विद्यालयहरूदेखि लिएर विकसित देशहरूको नेतृत्व भूमिकासम्म, मैले साहस, सहनशीलता र रूपान्तरणका शक्तिशाली कथाहरू पत्ता लगाएँ।
हरेक अनुभवले विश्वव्यापी लैङ्गिक समान नेतृत्वको आवश्यकता प्रति मेरो विश्वासलाई अझ बलियो बनाउदै लागेको छ।
त्यसैको उपज हो “Efficacy of Female Head Teachers in Nepal : A Reality Check” पुस्तक !
यस पुस्तकलाई अस्मिता प्रकाशनले प्रकाशन गरेको छ।
लेखकका यस भन्दा अघि त्रि वि पाठ्यक्रममा आधारित पुस्तकहरु पनि प्रकाशनभै सकेका छन्। जस अन्तर्गत एम एड पहिलो बर्षको पाठ्यक्रममा आधारित Psychological Testing ,एम एड दोश्रो बर्षको लागि Curriculum Practices र बि एड चौथौ बर्षको लागि Class Room Instruction आदि रहेका छन्।









