फोटिनाइन मल्टी टेक्निकल इन्स्टिच्युट द्वारा झिम्रुक गाउँपालिकामा “Community Health Diagnosis” कार्यक्रम सञ्चालन

फाल्गुन २८, झिम्रुक (प्युठान) – फोटिनाइन मल्टि टेक्निकल इन्स्टिच्युटले Health Assistant (HA) विषय अध्ययनरत तेस्रो वर्षका विद्यार्थीहरूका लागि Community Health Diagnosis कार्यक्रम सञ्चालन गरेको छ।

उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई समुदाय संग घुलमिल गराई झिम्रुक गाउँपालिकामा रहेका विभिन्न स्वास्थ्य संस्था तथा सामुदायिक विधालयहरुमा स्वास्थ्य सम्बन्धी तथ्याङ्क संकलन गर्ने र अध्ययन अवलोकन गर्ने कार्यमा संलग्न गराईएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य पालिकाका समुदायहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनु, स्वास्थ्य सम्बन्धी समस्या पहिचान गर्नु तथा स्वास्थ्यप्रति सचेतना बढाउनु रहेको थियो। कलेजले संचालन गरेको “Community Health Diagnosis” कार्यक्रमबाट प्राप्त जानकारीले समुदायको स्वास्थ्य सुधारका लागि आवश्यक योजना निर्माण तथा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको क्याम्पस प्रमुख जगत जिसीले पढ़नेकुरा संचार नेटवर्कलाई बताउनु भएको छ।