काठमाडौँ। लोक सेवा आयोगले आर्थिक वर्ष २०८२–८३ का लागि पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगले संघीय निजामती सेवा, स्वास्थ्य सेवा, संघिय संसद सेवा, राष्ट्रिय़ मानव अधिकार सेवा, सुरक्षा निकाय, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाका पदहरुका लागि पदपूर्तिको समय तालिका निर्धारण गरेको हो।
पदपूर्तिको कार्यतालिका प्रकाशित भए संगै अव परीक्षार्थीलाई समयमै आफ्नो परिक्षाको तयारी गर्न सजिलो हुने भएको छ।
कार्यतालिका २०८२ साल साउन १ गतेदेखि लागू भएको छ।






