ललितपुर, भदौ १४ गते।
यस बर्षको मिस नेपालको ताज लुना लुइँटेलले पहिरिएकी छिन्।
शनिबार ललितपुरको गोदावरीमा अवस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा २५ सुन्दरीलाई पछि पार्दै लुनाले ‘मिस नेपाल वर्ल्ड’को उपाधि हासिल गरेकी हुन् ।
प्रतियोगितामा दीपशिखा नेपाल, ‘मिस नेपाल कस्मो’को ताजसहित पहिलो उपविजेता बनिन् । प्रतियोगितामा मिस नेपाल इन्टरनेसनलको ताज उरूषा भण्डारी र मिस अर्थको ताज सोनी घलेलाई मिलेको छ ।
हिडन ट्रेजरको आयोजना यो प्रतियोगिता सम्पन्न भएको हो।
‘युनिभर्सिटी अफ सिड्नी’बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुना यसअघि सन् २०१५ मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन् ।






