एल. आर. आई स्कुलमा “अभिभावक दिवस २०८२ “सम्पन्न

कार्तिक २९
कलंकी, काठमाडौँ
काठमाडौँको कलंकीमा अवस्थित एल आर आई स्कुलले कक्षा नर्सरी देखि कक्षा १ सम्मका विद्यार्थी लक्षित अभिभावक दिवस २०८२ सम्पन्न गरेको छ।

गत शनिवार स्कुल परिसरमा सम्पन्न अभिभावक भेलामा स्कुलकी ट्रस्ट्रि यशोधरा पन्त , शिव राज पन्त ,रेखा पन्त , स्कुल निर्देशक देवकान्त जोशी ,कक्षा ११ र १२ का संयोजक पुस्कर नाथ फुलारा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा साना विद्यार्थीहरुले आफ्नो कला कौशलता प्रस्तुत गरेका थिए।

दिवसमा सहभागी अतिथिहरुको स्वागत स्कुल प्रिन्सिपल वादल प्रधानले गर्नु भएको थियो।

कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्यापन हुने एल.आर.आई स्कुलमा यस बर्षको अभिभावक दिवस चरण बद्ध रुपमा मनाईने जानकारी स्कुलका सुचना अधिकारी तथा प्रशासकीय प्रमुख दिपक जोशीले पढ़नेकुरालाई बताउनु भएको छ।जुनियर कक्षा लक्षित अभिभावक दिवस सम्पन्न भए लगत्तै अव छिट्टै सिनियर कक्षाहरु लक्षित अभिभावक दिवसको पनि तयारी भैरहेको School Evaluation In charge कौशल पन्तले जानकारी गराउनु भएको छ।