श्रावण १९
सानोठिमी ,भक्तपुर
कक्षा १२ को परीक्षामा देशभरबाट नियमिततर्फका ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमवार सार्वजनिक गरेको नतिजाअनुसार ३८.८३ प्रतिशत (एक लाख ५३ हजार ८८२) जना विद्यार्थी अनुतीर्ण (ननग्रेडेड) भएका छन् । २१ देखि २९ वैशाखसम्म सञ्चालित परीक्षामा नियमित र आंशिक गरी पाँच लाख १० हजार ९८७ परीक्षार्थी सहभागी थिए ।
नियमिततर्फ तीन लाख ९६ हजार ३४७ हजार विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ४६५ विद्यार्थी (६१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् । यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकोमा ४१ हजार ८४० (३६.४९ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । यद्यपि, गत वर्षभन्दा नाै प्रतिशतले नतिजा बढेको छ । गत वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
SEE Your Results :
- Online: Visit neb.gov.np/results or neb.ntc.net.np
- SMS: Type ‘NEB <space> Symbol Number’ and send to 1600








