मोर्डन नेपाल कलेजले बिबिए र बिबिएस अध्ययनमा ल्यायो ५०% सम्मको भारी छुट

सोर्हखुट्टे,काठमाडौँ

त्रिभुवन विश्वविधालयको सम्वन्धनमा स्नातक र स्नाकोत्तर तहमा व्यवस्थापन बिषयहरु पढाउदै आईरहेको मोर्डन नेपाल कलेजले बिबिए र बिबिएस अध्ययनमा ५०% सम्मको भारी छुटको व्यवस्था ल्याएको छ।

त्रिविका बार्षिक परिक्षाहरुमा हरेक बर्ष उत्कृष्ट नतिजा ल्याईरहेको क्याम्पसले शैक्षिक सत्र २०८२ मा भर्ना हुन चाहने विद्यार्थीहरुको लागि छुटको योजना ल्याएको हो।

त्रि.बि को बिबिए कार्यक्रममा अध्ययन गर्नको निम्ति प्रवेश परिक्षा CMAT उत्रिर्ण गर्नु पर्ने हुन्छ।CMAT को आवेदन भाद्र १८ गते सम्म अन्तिम मिति र भाद्र २१ गते प्रवेश परिक्षा हुने भएकोले थप जानकारीको लागि कलेज प्रशासनमा छिटो सम्पर्क गरि ५०% सम्मको छात्रवृतिको लाभ लिन सक्नुहुनेछ।
त्रि. बि का बार्षिक परिक्षामा ३१ औ पटक सम्म टिय़ु बोर्ड टपर्स निकाल्न सफल भै सकेको यस क्याम्पसमा बिहानी र दिवा सत्रमा पढाई हुने गर्दछ।

कलेजमा बिबिएस अध्ययनको लागि भने सिधै आवस्यक प्रमाणपत्र पेश गरेर भर्ना हुन सकिनेछ।