जिवनमा दृढ संकल्प र आशा बोकी आफ्नो अनि आफ्ना बाबु आमाको सपना साकार पार्न अहोरात्र मेहेनत गरिरहने नरम मस्तिष्कहरुमा देशमा ब्याप्त अनियमितता,भस्टाचार र अहोगतिले बर्षौ देखि नैरास्यता उत्पन्न गराउदै आएको थियो ।
कुरामा भन्दा काममा विश्वास राख्ने जेन जी २८ बर्ष भन्दा मुनिका युवा पुस्ताहरु प्राय: सबै दलका नेताहरुको काम गर्ने शैली र एकले अर्कोलाई दोषारोपण गर्ने प्रवृतिले आजित बनिसकेका थिए।
यि पुस्ताहरु सामाजिक संजालका माध्यमबाट देशैभरिबाट एकीकृतभै सेप्टेम्वर ८ तारिकका दिन शान्तिपूर्ण आन्दोलनमा सरिक भए। समुहमा राजनीतिक भस्टाचारको अन्त्य , सुशासन, नेताहरुको सम्पत्ति छानविन र देशमै बस्ने अवसर खोज्दै गर्दा तत्कालिन सरकारले कति सम्मको हद पार गर्यो त्यो तपाई हामी सबैलाई थाहै छ।
बैचारिक बिन्दुबाट अघि बढि देशमै बस्ने अवसरको खोजि गर्दै हिडेको यो पुस्ताको बलिदानीबाट हामीले सिक्नु पर्ने पाटाहरु धेरै छन्।
जेन जी ले देखेको देशको सपना साकार पार्न सबै ईमान्दार हुनै पर्छ। हाम्रा विद्यार्थीहरुले अव यस्तो ज्यानको मुल्य कहिल्यै चुकाउन नपरोस् !!






