“नेपाल हाईअर एजुकेसन फेयर” को ११ औ संस्करण श्रावण ३० र ३१ गते हुँदै

श्रावण १७
पुतलीसडक, काठमाडौँ

“स्वदेशमै शिक्षा सबैको ईच्छा “भन्ने मूल नाराका साथ यस बर्षको “नेपाल हाईअर एजुकेसन फेयर” को ११ औ संस्करण श्रावण ३० र ३१ गते सु सम्पन्न हुने भएको छ।
नेपाली विद्यार्थीहरुलाई नेपालमा रहेका प्रतिष्ठित विश्वविधालयहरु, विद्यार्थीका चासोका विषयहरु, र ति विषय पढाई हुने कलेजहरु आदिको बारेमा प्रत्यक्ष रुपमा जानकार गराउने उदेश्यका साथ कक्षा १२ उत्रिर्ण विद्यार्थीहरु लक्षित “नेपाल हाईअर एजुकेसन फेयर” आगामी श्रावण ३० र ३१ गते काठमान्डौको बानेश्वरमा अवस्थित एभेरेष्ट होटलमा संचालन हुने भएको हो।

“कक्षा १२ उत्रिर्ण हुने नेपाली विद्यार्थीहरुलाई स्नातक तह (ब्याचल लेभल )मा के विषय पर्ने ,कहाँ पढ्ने र किन पढ्ने भन्ने दुविधा रहनु स्वाभाविकै हो। हामीले उनीहरु कलेजै पिच्छे भ्रमर्ण गर्न हैरानी खेप्न नपरोस् र समयको पनि उत्तिकै बचत होस् भनि शैक्षिक मेलाको अवधारणा लिएका हौ जहाँ सम्बन्धित कलेजका प्राचार्यहरुले विद्यार्थीहरुलाई करिअर काउन्सिलिङ्ग दिनुहुन्छ र विद्यार्थीका हरेक जिज्ञासाहरुको सम्बोधन हुने गर्दछ। ” पढ़नेकुरालाई उद्दृत गर्दै फेयरका संयोजक तारामान रावल बताउनु हुन्छ।


नेपाली विश्वविद्यालय बाट सम्वन्धन प्राप्त कलेजहरु मात्र नभई विदेशी विश्वविधालयको सम्वन्धनमा समेत संचालित व्यवस्थापन र विज्ञान तथा सुचना प्रविधिका विषयहरुको बारेमा पनि अवलोकनकर्ताहरुले मेला मार्फत जानकारी लिन सक्नुहुनेछ।

५० भन्दा बढि क्याम्पसहरु , २५ भन्दा बढि Bachelor Level courses, २० भन्दा बढि स्वदेशी तथा विदेशी विश्वविद्यालयहरुको उपस्थिति र करिव ३० हजार अवलोकनकर्ताको अपेक्षा राखिएको मेलामा अन्य आकर्षणको रुपमा फुड स्टल , म्युजिक सहित मनोरन्जनात्मक कार्यक्रमको पनि प्रवन्ध मिलाईएको छ।

१० औ संस्करण पार गरि ११ औ संस्करणमा चल्दै गरेको यो शैक्षिक मेला किन भ्रमर्ण गर्ने ?
1) मेलामा सहभागी हुन आउने विभिन्न कलेजहरुको बारेमा आफैले प्रत्यक्ष्य रुपमा बुझ्न सकिन्छ। चाहेको विषयको बारेमा सम्पूर्ण जानकारी लिन सकिने।
2) आफ्ना अभिभावकहरुलाई समेत क्याम्पस प्रतिनिधिहरु संग संगै बसालेर धेरै कुरा बुझ्न र बुझाउन सकिने।
क्याम्पस बाट पाउन सकिने छुट ,उचित Scholarships हरुको बारेमा पनि बुझ्न सकिने।
3) सम्बन्धित विषयहरुको Scopes, Job Markets, Business Markets आदिको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिने।
4) २ दिनको समयमा ५० भन्दा बढि क्याम्पसहरुको बारेमा सजिलै संग सम्पुर्ण जानकारी लिन सकिन्छ।

थप जानकारीको लागि सम्पर्क नम्वर ;९८४१६६१२६५

((मेला २०८२ साल श्रावण ३० र ३१ गते  भिजन मिडियाको व्यवस्थापन र एजुकेसन डट कम प्रा लि को आयोजनामा सम्पन्न हुन लागेको हो। ))